सुनको मूल्य एक लाख बढी
काठमाडौं, २७ चैत । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ८०० सय रुपैयाँले र चाँदीमा प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन प्रति तोला ९९ हजार ५ सय र चाँदी प्रति तोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार मूल्य बढेर सुन प्रतितोला १ लाख ३ सय र चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।