३२.६१ प्रतिशतमा पुग्यो बीमाको पहुँच
काठमाडौं, २७ चैत । नेपालमा बीमाको पहुँचमा यस वर्ष सरकारले लिएको लक्ष्य पूरा हुने संकेत देखिएको छ । सरकारले यस वर्ष लक्षित जनसंख्याको एक तिहाइ अर्थात् ३३ प्रतिशतमा बीमाको पहुँच पु¥याउने लक्ष्य लिएकोमा गत फागुन समान्तसम्ममा ३२.६१ प्रतिशतमा पुगेको बीमा समितिको तथ्यांकले देखाएको छ ।
म्यादी जीवन बीमालेख संख्या समेत जोडेर उक्त प्रतिशतमा बीमाको पहुँच पुगेको हो । म्यादी र वैदेशिक रोजगारमा गएकाबाहेकको बीमाको पहुँच भने २९.१७ प्रतिशत रहेको छ ।