विद्युतीय कारको नेपालमा हुने छ बाहुल्यता
काठमाडौं, २, वैशाख । सवारीसाधनको बजार विस्तार हुने क्रममा रहेपनि पछिल्लो समय विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले सवारी आयातमा कडाइ गरेको छ । जसका कारण सवारी व्यावसायीहरू केही निरास हुने अवस्था सृजना भएको छ । तथापी यो अवथा सुधार हुँदै जाने अपेक्षा सबैले गरेका छन् ।
सरकारको राजस्व आयको सबैभन्दा ठूलो स्रोत मध्येको एक हो अटोमोबाइल क्षेत्र । सवारीसाधनको आयात बन्द गरिरहँदा सरकारको आम्दानीमै उच्च गिरावट आउने भएकाले पनि लामो समय बन्द हुन सक्दैन ।
नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका कार बिक्री हुँदै आएको छ । जापानी ब्रान्ड सुजुकी, होन्डा, टोयोटादेखि भारतीय ब्रान्ड टाटा, महिन्द्रा, युरोपेली ब्रान्ड मर्सिडिजदेखि ज्यागुअरसम्म र कोरियाली ब्रान्ड हुन्डाई तथा कियासम्मका कार उपलब्ध छन् । त्यस्तै चर्चित अमेरिकी ब्रान्ड टेस्ला, फोर्ड तथा चीनका विभिन्न ब्रान्डका कार बिक्री हुँदै आएको छ ।
नेपाली बजारमा बिक्री हुने करिब ९० प्रतिशत कार भारतमै निर्मित वा भारतीय ब्रान्डका कार बिक्री हुने गरेको छ । भारतमा सार्वजनिक भएका प्रायजसो कार नेपालमा समेत आउने गरेका छन् । आगामी वर्ष नेपाली बजारमा आउनसक्ने सम्भावित कारबारे यहाँ उल्लेख गरिएको छ ।