विश्व बैंक र अमेरिकी १ खर्बभन्दा बढी ऋण र अनुदान स्वीकृत
काठमाडौं, २ वैशाख। सरकारले १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को गत बुधबारको बैठकले ऋण अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।
विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १ सय ५० मिलियन अमेरिकन डलर अर्थात ९१८ अर्ब० सहुलियत ऋण स्वीकार गरिएको बताइएको छ । यसैगरी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग ९युएसएआइडी० को ६ सय ५९ मिलियन बराबरको अमेरिकी डलर ९७९ अर्ब ७१ करोड रुपैयाँ० अनुदान स्वीकार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन ।
विदेशी विनिमय सञ्चितिमा परेको चापबीच आएको अनुदान रकमले सरकारलाई सहज पुग्ने अनुमान गरिएको छ । विदेशी निकाय र अर्थमन्त्रालयबीच सम्झौता भएपछि ऋण तथा अनुदान कार्यक्रम सञ्चालनमा आउने बताइएको छ । यो रकम सरकारले विभिन्न शीर्षकमा प्रयोग गर्न सक्नेछ ।