Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

पुराना जिन्सी मालसामानहरु लिलाम गर्दै : प्रेस काउन्सिल नेपाल

पुराना जिन्सी मालसामानहरु लिलाम गर्दै  : प्रेस काउन्सिल नेपाल


काठमाडौं, ४ वैशाख । प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम, काठमाडौंमा रहेका पुराना जिन्सी मालसामानहरु जे जस्तो अवस्थामा छन । सोही अवस्थामा बोलपत्रबाट लिलाममा बिकी गर्ने भएको छ । काउन्सिलले वैशाख २ गते सुचना जारि गर्दै लिलाम गर्न लागेको बताएको छ ।


लिलाम सकार गर्न चाहने फर्म, कम्पनीहरुले यो सूचना प्रकाशन भएको मितिले ७ औं दिन र सो दिन बिदा परे सोको भोलिपल्ट कार्यालय समयभित्र बोलपत्र रु एक हजारमा खरिद गरी ८ औं दिनको १२ : ०० बजेभित्र रु। १० को टिकट टाँस गरी बोलपत्र पेस गर्न आह्वान गरेको छ । यस्तै कबोल मूल्यको १० प्रतिशतले हुने रकम बराबर बैंक जमानत वा काउन्सिलको धरौटी खातामा जम्मा गरेको भौचर बोलपत्रसाथ राख्नुपर्नेछ । लिलाम सकार गरेको सम्पत्ति निर्णय भएको मितिले ७ दिनभित्र उठाई लैजानुपर्ने बताइएको छ ।


लिलाम हुने सामानहरु जेनेरेटर मेसिन, ब्याट्री, फोटोकपी युपिएस, कम्प्युटर, मोनिटर, प्रिन्टर, प्रोजेक्टर, टेलिफोन, हिटर, एयरपट थर्मस, रिभल्विङ् चेयर, कन्फ्रेन्स चेयर, अफिस टेबुल, ल्यापटपलगायत बोलपत्रमा उल्लिखित सामानहरु रहेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x