Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्सेको ओरालो यात्रा कायमै, सोमवार पनि ४१ अंकको ह्रास

नेप्सेको ओरालो यात्रा कायमै, सोमवार पनि ४१ अंकको ह्रास

काठमाडौं, ५ वैशाख । नयाँ वर्षको दोस्रो कारोबार दिन सोमवार पनि धितोपत्र बजारको ओरालो यात्रा रोकिन सकेन । अघिल्लो दिन आइतवार २९ अंकले घटेको बजार मापक नेप्से परिसूचक सोमवार ४१.७७ अंकले घटेर बन्द भएको छ । यस दिन परिसूचक १.७५ प्रतिशतले घटेर २३४३.८७ अंकमा सीमित रहेको छ ।

सोमवार २२९ कम्पनीको ३६ लाख ७६ हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५३ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स समेत ६.८२ अंकले घटेको छ ।

घटेको बजारमा नेस्डो लघुवित्तको शेयरमूल्य सोमवार पनि १० अंकले बढेको छ । यस्तै सर्वाधिक शेयरमूल्य गुमाउनेमा इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी रहेको छ, जसको शेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ । यस्तै सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक लिमिटेड रहेको छ, जसको ४ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x