काठमाडौं म्यारियट होटल तेस्रो वर्षमा
काठमाडौं, ५ वैशाख । काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटल तेस्रो वर्षमा प्रवेश गरेको छ । पाँचतारे स्तरको उक्त अन्तरराष्ट्रिय होटल दुई वर्षअघि सञ्चालनमा आएको थियो ।
होटलले सांस्कृतिक एवं पर्यावरणीय अनुभवसहितको आतिथ्य सेवालाई जोड दिएको छ । होटलको तेस्रो वर्ष प्रवेशको अवसरमा महाप्रबन्धक पिटर मादेजले भने, यस अवधिमा पाहुनाको आतिथ्य सेवालाई पहिलो प्राथमिकतामा राख्दै अन्तरराष्ट्रिय स्तरको सेवा प्रदान गर्न सफल भएका छौं । यसैगरी कोभिडकै बेलामा समेत अन्तरराष्ट्रिय स्तरको सेवा दिएकाले पनि हामीले ‘LEED Gold Certification in 2022’ बाट सम्मानित हुन पाएकोमा गौरव गर्दछौं ।’ आगामी दिनमा पनि आफ्नो सेवा सुविधालाई अझै परिष्कृत गर्दै लैजाने उनले बताए ।