रावा बैंकको ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धक नियुक्त
काठमाडौं, ५ वैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको ‘आरबीबीएल डिबेञ्चर, २०८९’ ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१०००।– दरले कुल ५ अर्ब रुपैंया (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।