Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपालकाे अर्थतन्त्रलाई श्रीलंकासंग तुलना गर्न मिल्दैन – परिसंघ

नेपालकाे अर्थतन्त्रलाई श्रीलंकासंग तुलना गर्न मिल्दैन – परिसंघ

काठमाडौं, ७ वैशाख । नेपाल उद्योग परिसंघले नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेकाे दाबी गरेकाे छ ।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघले कुनै पनि सूचकहरुले अर्थतन्त्रकाे संकट जनाउने अवस्था नरहेको दाबी गरेको हो ।

परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको र संयमित भएर कार्य अघि बढाउनुपर्ने अवस्थामा रहेको भन्दै नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताए ।

परिसंघले नेपाल र श्रीलंकाको कुल गाह्रस्थ उत्पादनको आकार दोब्बर अन्तर रहेको, कुल गाह्रस्थ उत्पादनको तुलनामा नेपालको कुल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको, कुल सञ्चिति ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको तर श्रीलंकासँग एक महिनाको पनि वस्तु र सेवा आयात धान्न सक्ने अवस्था नरहेको भन्दै नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएको हो । मुद्रास्फिति नेपालको ७ प्रतिशत रहँदा श्रीलंकाको २५ प्रतिशत रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x