Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सभाहल र भ्यु टावर निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ : सहरी विकास मन्त्री झाँक्री

सभाहल  र भ्यु टावर निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ  :  सहरी विकास मन्त्री झाँक्री


काठमाडौं, ७ वैशाख । सहरी विकास मन्त्रालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणलगायत कार्यक्रममा बजेट नथप्ने भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अबको नीति तथा कार्यक्रममा भ्यु टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिइने बताइन ।


सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यु टावर र सभाहल निर्माणका लागि आउँदो वर्षको नीति तथा कार्यक्रममा बजेट व्यवस्था नगर्ने बताएकी छन ।


मन्त्रालयले अहिले बनाइरहेका ३२ वटा सभाहल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गरिने बताइन । मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने भएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको भन्दै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताइन ।


“आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौँ,” उनले भनिन्, “पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाडौं उपत्यका क्षेत्रमा जग्गाको अभाव छ ।” आउँदो वर्षको नीति तथा कार्यक्रममा यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रूपान्तरण गर्न लागिएको उनले बताएकी छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x