Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आयात नरोक्दासम्म नाजुक : नीजि क्षेत्र

आयात नरोक्दासम्म नाजुक : नीजि क्षेत्र

काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको दोस्रो महिनादेखि नै नेपालको बैंकिङ प्रणालीमा ऋण लगानी गर्ने पुँजीको अभाव हुन थालेको छ ।

पुँजी अभावको खबर आउँदा उद्योगी व्यवसायीहरूले अर्थतन्त्रले विस्तारको बाटो खोजेको र त्यहीअनुसार केन्द्रीय बैंकले नीति लिनुपर्ने माग राख्न थालेका छन् ।
अधिक कर्जा विस्तारलाई बढ्दो ब्याजदरले नियन्त्रण गर्ने सम्भावनालाई पनि राष्ट्र बैंकले टारिदिएको छ । राष्ट्र बैंकले ब्याजदर निर्धारण गरेर नै दियो। यसले गर्दा पनि ऋणको विस्तार रोकिएको छैन ।

ऋण लगानीका लागि पुँजी अभाव हुँदाहुँदै नेपालको विदेशी मुद्रा सञ्चिति पनि निरन्तर घट्दै छ । घट्दै जाँदा नेपाल राष्ट्र बैंकले पुसदेखि नै आयात निरुत्साहित गरेको छ ।

आयात रोकिने अवस्था आएपछि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको बोली पनि फेरिन थालेको छ। उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघका फरक मितिमा प्रकाशित दुई विज्ञप्ति हेर्दा आफैमा विरोधाभास देखिएको छ ।

गएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन नै आयोजना गरेर परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रको अवस्था खराब नभएको र सावधानी अपनाउनुपर्ने अवस्था मात्र रहेको बताए ।

‘आयात नै रोक्नेगरी अर्थतन्त्रको अवस्था खराब भएको छैन भन्ने हाम्रो बुझाइ हो। तथ्य पनि यही हो। तर सावधानी भने अपनाउनुपर्छ’ सो पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले भने ।
निजी क्षेत्रका प्रतिनिधिमुलुक संस्थाको नेतृत्वमा बस्नेहरूले आफ्नो व्यापारलाई केन्द्रमा राखेर अर्थतन्त्रप्रतिको धारणा राख्ने गर्दा यस्तो विरोधाभास देखिएको उनिहरुको बुझाई छ ।

व्यवसायीहरूले व्यापार तथा नाफामै धेरै केन्द्रित हुने भएकाले स्वभाविक रुपमा अविच्छिन्न आयातको पैरवी गर्नु स्वभाविक भएपनि प्रतिकुलतामा जस्तो पनि आयातको पैरवी गर्नु ठीक नभएको अर्थजानकार नवराज गौतम बताउँछन् ।

पछिल्लो समय वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको मात्र होइन अब आउने अन्तर्राष्ट्रिय मूल्यवृद्धिको सुनामीले यो समस्या अझै चर्काउँदै जाने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x