Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

एभरेष्ट बैंकद्वारा कर्णाली प्रादेशिक अस्पताललाई सहयोग

एभरेष्ट बैंकद्वारा कर्णाली प्रादेशिक अस्पताललाई सहयोग

काठमाडौं, १३ वैशाख । एभरेष्ट बैंकले कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।


साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कल्याणकारी कार्यमा सहयोग गर्दै आएको छ । यस्तै कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग पनि हस्तान्तरण गरेको छ ।


हाल बैंकले ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४९ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x