Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

५४ खर्बमा ट्वीटर बिक्री, विश्वकै धनी व्यक्ति एलन मस्कले किने

५४ खर्बमा ट्वीटर बिक्री, विश्वकै धनी व्यक्ति एलन मस्कले किने


काठमाडौं, १३ वैशाख । टेस्लाका सीइओ एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका छन । आजको अमेरिकी डलरको विनिमय दर अनुसार सो रकमलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो ५४ खर्ब जति हुृन पुग्छ ।


ट्वीटरका स्वतन्त्र अध्यक्ष ब्रेट टेलरले प्रेस विज्ञप्ती जारी गर्दै ट्वीटर मस्कले किनेको जानकारी दिएका हुन् । मस्कले ट्वीटरको एक कित्ता सेयरको लागि ५४ अमेरिकी डलर खर्च गरेका छन् ।

यसअघि उनीसँग ९ प्रतिशत स्वामित्व ट्वीटरमा थियो । नयाँ सम्झौता अनुसार ट्वीटरको शतप्रतिशत स्वामित्व मस्कसँग रहेको छ । यो उनको प्राइभेट लिमिटेड कम्पनी बनेको छ ।


ट्वीटरका सेयरधनीलाई एक कित्ता बराबर ५४ अमेरिकी डलर मिल्ने छ । ट्वीटरको विश्वमा २० करोडभन्दा बढी प्रयोगकर्ता छन भने ट्वीटरमा हरेक दिन ५० करोड ट्वीट हुन्छ । यसका ३८ प्रतिशत प्रयोगकर्ता युवा छन् ।


सन् २०२१ मा ट्वीटरले ५ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । ट्वीटर खरिद गर्ने मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग २ खर्ब ६९ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । यस्तै ट्वीटरलाई खरिद गर्न मस्कले नेपालको अर्थतन्त्रको आकारभन्दा बढी पैसा लगाएको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x