Shangrila

एकै दिन सुनको मूल्य ९ सयले घट्यो


काठमाडौं, १३ वैशाख । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।


सोमबारको तुलनामा यस दिन छापावाला सुनमा प्रतितोला ९ सय घट्यो भने चाँदीको मूल्य स्थिर रहेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


सोमबार छापावाला सुन प्रतितोला १ लाख २ सय र चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार मूल्य घटेर सुन प्रतितोला ९९ हजार ३ सय र चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *