चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म–शताब्दीमा तीन जना सम्मानित
काठमाडौं, १८ वैशाख । औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्व। लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी’ एक कार्यक्रमका बीच सम्पन्न भएको छ । आइतबार थापाथलीस्थित बीएलसी होल्डिङ्स परिसरमा स्व। चौधरीको जन्म–शताब्दी कार्यक्रम आयोजना गरिएको थियो ।
बीएलसी होल्डिङ्स प्राली, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १०० वर्ष भएको दिनलाई विशेष रूपमा सम्झिने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्व। लुनकरणदास चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा अहोरात्र खटिएका ३ जना सहायकहरू राम ढुंगाना, आलोक रजक र सुनिल गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।
सो कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका विमोचन पनि गरिएको थियो ।