Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

इन्टरनेट सेवासम्बन्धी धारणाप्रति क्यान महासंघको ध्यानाकर्षण

इन्टरनेट सेवासम्बन्धी धारणाप्रति क्यान महासंघको ध्यानाकर्षण


काठमाडौं, १८ वैशाख । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ०ले इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरूबाट व्यक्त धारणाहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायबीच बुझाइमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न विलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्नेप्रति क्यान महासंघले चिन्ता व्यक्त गरेको हो ।


समस्या समाधानका निम्ति सम्बन्धित निकायहरूलाई जिम्मेवारीपूर्वक यथाशीघ्र वार्ता एवं छलफलको निम्ति क्यान महासंघले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x