सिंहलाई आईजीपी बढुवा गरेको विरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा
काठमाडौं, १८ वैशाख । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक ९आईजीपी० मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० ले अदालत जाने तयारी गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।
पोखरेलनिकट स्रोतले भन्यो, ‘नेपाल प्रहरीको इतिहासमै यति धेरै अन्याय भएको थिएन, अदालत जानेबारे उहाँले छलफल गरिरहनु भएको छ ।’ थापा निकट एक अधिकृतले पनि अदालत जानेबारे छलफल भइरहेको बताए ।
पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।