Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चुनावी प्रभावले छोएन शेयर बजारलाई

चुनावी प्रभावले छोएन शेयर बजारलाई

काठमाडौं, २१ वैशाख । चुनावी प्रभावका कारण शेयर बजार सकारात्मक बन्दै जाने विश्लेषण भइरहे पनि बजारमा कुनै प्रभाव देखिएको छैन । बजार निरन्तर घट्दो क्रममा नै देखिएको हो ।

यो साता आइतबार बन्द रहेको शेयर बजार सोमबार ४८.७३ अंकले घटेको थियो । फेरी मंगलबार बिदाका कारण बन्द रहेको कारोबार आज बुधबार ३१.७६ अंकले घटेर बजार २२७५.६८ बिन्दुमा झरेको छ । बुधबार १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ । जहाँ १५ कम्पनीको मात्र शेयर मूल्य बढ्दा १ सय ७७ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

अर्थतन्त्र संकटमा जाने संकेतले घटिरहेको सेयर बजार लगातार सुस्ताइरहेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x