Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लुम्बिनी बैंकका दुई नयाँ शाखा कार्यालयहरुको उद्घाटन

लुम्बिनी बैंकका दुई नयाँ शाखा कार्यालयहरुको उद्घाटन

काठमाडौं, २१ वैशाख । लुम्बिनी विकास बैंक लिमिटेडले २१ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ ।
नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा रहेका छन् ।

यस विकास बैंकको कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गर्नु भयो भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गरेका छन ।

आज खोलिएको दुई शाखा सहित यस विकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको बैंकले बताएको छ । यस बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको सकेत बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x