Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य

एनएमबि बैंक र योयो जिपलाइनबीच सम्झौता, आन्तरिक पर्यटनमा सहकार्य

काठमाडौं, २१ वैशाख । एनएमबि बैंकले योयो जिपलाइनसँग सहकार्य गरेको छ। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको बैंकले जनाएको छ। अब पर्यटकहरूले स्काई साइक्लिङ, जिप लाइन, स्विङ, केनोपी र रेष्टुरेन्ट एन्ड कफि शपको सेवामा छुट पाउनेछन्। बैंकका ग्राहकहरूले उक्त सेवाहरूको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकका दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र योयो जिपलाइनको तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता छुट, सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दैछ। छुट सम्बन्धि थप जानकारी बैंकको वेवसाइटमा भएको ुएनएमबी भिसा कार्ड छुटु सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ।

बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x