Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ग्लोबल बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच परियोजनाहरु निर्माण सम्झौता

ग्लोबल बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच  परियोजनाहरु निर्माण  सम्झौता

काठमाडौं, २२ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच प्राइभेट सेक्कटर लिड मिनी ग्रिड इर्नजी एक्सेस प्रोजे्क्ट सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने भएको छ । उक्त रकम ग्लोबल आइएमई बैंकले १०० सौर्य मिनी ग्रिड परियोजना निर्माण÷जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने बताइएको छ ।
बुधबार उक्त समझदारी पत्रमा ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारी एव्म बैंकका अन्य उच्च पदस्त कर्मचारीहरुको उपस्थिति रहेका थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x