Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पुँजी वृद्धि गर्न जीवन बीमा कम्पनीहरूलाई सिलवालको आग्रह

पुँजी वृद्धि गर्न जीवन बीमा कम्पनीहरूलाई सिलवालको आग्रह

काठमाडौं, २२ वैशाख । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक वर्षभित्र बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्नु पर्ने बताएका छन्।


समितिको आयोजनामा ‘बीमकको पुँजी वृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गरेका थिए ।

लगानी अनुरुपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ति मार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उनले बताएका हुन ।


पुँजी वृद्धिका लागि हकप्रद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुपर्यो। अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुपर्यो । सूचना प्रविधिमैत्री हुनुपर्यो। शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुपर्यो। दाबी भुक्तानी समयमै हुनुपर्यो। लगानीको प्रतिफल पनि बढ्नु पर्यो।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी बृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x