Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनएमबि लघुवित्तको नाफामा गिरावट

एनएमबि लघुवित्तको नाफामा गिरावट

काठमाडौं, २२ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १० करोड ५३ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १६।७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १६।३६ प्रतिशतले घटेर १६ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २० करोड ३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ०।८३ प्रतिशतले घटेर ३३ करोड ७० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३३ करोड २५ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ६५ करोड ५८ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ३ अर्ब १४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ८३ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार १७।६९ प्रतिशतले बढेर ३४ करोड ५२ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २९ करोड ३३ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ४।०६ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३।४७ प्रतिशतमा सीमित थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० २१।४३ रुपैयाँ, पीई रेसियो ४०।३७ गुणा, प्रतिसेयर नेटवर्थ १५२।६४ र तरलता अनुपात १२।७८ प्रतिशत रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x