Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५१ लाख डिम्याट खाताअन्तर्गत झन्डै ३ लाख बढि खाता दोहोरिएको सीडीएससी सीइओको दाबी

५१ लाख डिम्याट खाताअन्तर्गत झन्डै ३ लाख बढि खाता दोहोरिएको सीडीएससी सीइओको दाबी

काठमाडौं, २३ वैशाख । साढे ५१ लाख डिम्याट खातामा अन्तर्गत झन्डै ३ लाख अधिक खाता दोहोरिएको सीडीएससी एण्ड क्लियारिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना परेको परिपक्व पुँजीबजार कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनका अनुसार कुल डिम्याट खाता अन्तर्गत २ लाख ९६ हजार दोहोरिएका खाता रहेका छन । बाँकी ४८ लाख डिम्याट खाता वास्तविक लगानीकर्ताहरुको नै रहेको उनको दाबी छ। लगानीकर्ताको ४८ लाख संख्या वास्तवमै डिम्याट खातासँग जोडिएको उनले उल्लेख गरे ।


दक्षिण एसियाली मुलुकहरुको करिब १८ प्रतिशत जनसंख्या पुँजीबजारमा आवद्ध रहेको हुँदा नेपालमा डिम्याट खातासँग जोडिएको लगानीकर्ताको संख्या उल्लेख्य रहेको उनले तर्क गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x