नियामक निकायमा सेयर बजारको ज्ञानको अभाव छ : पूर्वअर्थसचिव अधिकारी
काठमाडौं, २३ वैशाख । पूर्वअर्थसचिव शंकर अधिकारीले नियामक निकायमा सेयर बजारबारे ज्ञानको अभाव रहेको बताएका छन ।
राज्यको पुँजीबजार सम्बन्धी लिएको नीति नै गलत भएको अधिकारीले बताएका छन । उनले केन्द्रीय बैंकले मार्जिन लेन्डिङ सम्बन्धी लिएको ४÷१२ को नीति गलत समयमा र हचुवाको भरमा आएको बताएका हुन ।
नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाल्नु गलत भएको र बजार विकास हुन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने समेत बताए । नियामक निकायको नीतिकै कारण सेयर बजार ओरालो लागेको उनको दाबी छ ।