Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निर्वाचनको दिन वैशाख ३० गते नीजि तथा सार्वजनिक यातायात नचल्ने

निर्वाचनको  दिन वैशाख ३० गते नीजि तथा सार्वजनिक यातायात नचल्ने


काठमाडौं, २३ वैशाख । आगामी वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनको मतदान हुने दिन सार्वजनिक यातायातका साधन नचल्ने भएका छन । त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।


निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो । आयोगका अनुसार अपाङ्गता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एक घरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ ।


सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको मापदण्ड बनेको आयोगले जनाएको छ । तर कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट अनुमति लिनुपर्नेछ । सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्ने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।


मतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने र अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो व्यवस्था गर्न लागेको बताए । एम्बुलेन्स दमकल चल्छन, दूध, तरकारीका गाडी चल्छन, पत्रकारहरुले अनुमति लिएर हिंड्न पाइन्छु, प्रवक्ता पौडेलले भने ।

त्यस्तै आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको छ । वैशाख २७ गते राति १२ बजेदेखि अन्तराष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएर जानकारी गराएको प्रवक्ता शर्माले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x