Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साना कम्पनीको शेयर कारोबारको लागि एसएमई प्ल्याटर्फम बनाउदै छौः नेप्से सिइओ कार्की

साना कम्पनीको शेयर कारोबारको लागि एसएमई प्ल्याटर्फम बनाउदै छौः नेप्से सिइओ कार्की

काठमाडौं, २३ वैशाख । साना कम्पनीहरुको शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जले एसएमई प्ल्याटर्फम बनाउने भएको छ ।


नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले परिपक्क पूँजी बजार सम्मेलनमा एसएमई प्ल्याटर्फम बनाउन कार्यदल बनाएर छिटै अगाडि बढाउने तयारीमा रहेको बताए । एसएमई प्ल्याटर्फको लागि कानुनी रुपमा के गर्नुपर्छ, टेक्नोलोजीमा केके गर्नुपर्छ, प्रकृया के के हुन यी कुराहरुको अध्ययन गरेर एक कार्यदल बनाएर छिटै अगाडि बढाउने उनले प्रतिवद्वता गरेका छन ।


अहिले पूँजीबजारमा सेक्युरिटी ट्रेडिङमात्रै गर्न सकिने अवस्था रहेकोमा सेक्युरिटी ट्रेडिङ मात्र नभएर अन्य औजारहरुलाई पनि अगाडि बढाउनुपर्ने बताए । यस्तै उनले ब्रोकरको संख्यामा पुनरावलोकन गर्नुपर्ने आवश्यक रहेको र अहिले युवाहरु पूँजीबजारप्रति आकर्षित भएका बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x