Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

यस बर्षको पहिलो सगरमाथा आरोहण सफल

यस बर्षको पहिलो सगरमाथा आरोहण सफल

काठमाडौं, २५ वैशाख । यस वर्षको सगरमाथाको पहिलो आरोहण शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पासहित ११ जना आरोहीले आरोहण गरेका छन् ।

आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका निर्देशक छाङदावा शेर्पाका अनुसार कामीरिता सहितकाे बाटो बनाउने टोलीले सगरमाथाको चुचुरो चुमेको जानकारी दिए । आरोहण गर्नेमा विश्वकै सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पा, संखुवासभाका सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ, सोलुखुम्बुका ङिमा टासि शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा छेतर शेर्पा, दोलखाका मिङमा डण्डु शेर्पा रहेको कम्पनीले जनाएको छ ।

विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा यो संगै २६ औं पटक आरोहण गर्ने व्यक्ति बनेका छन ।
यस वर्ष सगरमाथा आरोहणका लागि ३१६ जना आरोहीले अनुमती लिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *