Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंकको ब्याजदर अब थप बढ्ने

बैंकको ब्याजदर अब थप बढ्ने

काठमाडौं, २५ वैशाख । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले कसिलो मौद्रिक नीतिबाट आयात निरुत्साहित गर्न नेपाललाई सुझाव दिएको छ । नेपाललाई उपलब्ध गराएको ऋण सहायता (एक्स्टेन्डेड क्रेडिट फेसिलिटी) को उपयोगिताबारे अध्ययन गर्न रोवर्ट ग्रेगरीको संयोजकत्वमा आएको टोलीले कसिलो मौद्रिक नीतिमार्फत ब्याजदर वृद्धि गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको हो ।

आयात प्रतिबन्धले मुद्रास्फीति बढ्न गई आर्थिक वृद्धिलाई समेत असर गर्ने भन्दै उसले ब्याजदर वृद्धिबाट आयात निरुत्साहित गर्न सुझाव दिएको हो ।

बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिलाई सन्तुलनमा राख्न सरकारले विलासी सामानको आयातमा रोक लगाएको छ ।

अब आईएमएफको यस्तो सुझाव संगै ब्याजदर वृद्धि हुने छ । गभर्नर महाप्रसाद अधिकारीले केहिदिन अघि एक कार्यक्रममै ब्याजदर वृद्धि गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x