सुनको मूल्य ६ सयले बढ्यो
काठमाडौं, २५ वैशाख । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबारको तुलनामा यस दिन छापावाला सुनको प्रतितोला ६ सयले घटेको छ भने यस्तै चाँदीको मूल्य ५ रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार मूल्य बढेर सुन प्रतितोला ९८ हजार ६ सय र चाँदीको प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।