Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पसलमा क्यूआर कोड, नगद रहित बैकिङ कारोबारमा जोड : महालक्ष्मी बैंक

पसलमा क्यूआर कोड, नगद रहित बैकिङ कारोबारमा जोड : महालक्ष्मी बैंक


काठमाडौ, २६ वैशाख । महालक्ष्मी विकास बैंक लिमिटेडले महाराजगंज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नगद रहित कारोबार गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आज २६ गते महाराजगंज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा रहेका फलफुल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्ट लगायतका विभिन्न पसलहरुमा बृहत रुपमा क्यूआर कोड वितरण गरेको हो । उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनिकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले रहेको बताइएको छ ।


बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x