Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आजराति १२ बजेबाट मौन अवधि सुरु, मौन अवधिमा के गर्न पाइन्छ, के पाइदैन ?

आजराति १२ बजेबाट मौन अवधि सुरु, मौन अवधिमा के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौं, २७ वैशाख । ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आजराति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । सोमबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजराति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिनुभएको छ ।

आयोगले उम्मेदवार र उनीहरुका फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरुमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

त्यस्तै, आयोगले आजराति १२ बजेबाटै मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

यसैगरी, आयोगले कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x