बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २० प्रतिशतसम्म छुट
काठमाडौं, २८ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिक सम्झौता भएको छ। सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पिओएस तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने भएको हो।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ। होटल एशियाटिकले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।