Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

स्थानीय चुनावका लागि साढे १६ अर्ब रकम निकासा

स्थानीय चुनावका लागि साढे १६ अर्ब रकम निकासा


काठमाडौं, २८ वैशाख । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अर्थमन्त्रालयले १६ अर्बभन्दा बढी निकासा दिएको छ । मन्त्रालयले निर्वाचन आयोग र सुरक्षा निकाय लगायतलाई निर्वाचनलक्षित प्रयोजनका लागि यो रकम निकासा दिएको हो ।


मन्त्रालयका अनुसार सबैभन्दा धेरै निकासा निर्वाचन आयोगलाई भएको छ । मन्त्रालयले आयोगलाई ८ अर्ब ११ करोड दिएको हो । आयोगले सुरुमा १२ अर्ब हाराहारीमा बजेट माग गरेको थियो । तर पछि फाइनल हिसाब निकाल्दा आठ अर्ब ११ करोड रुपैयाँ स्वीकृत भएको हो । यो रकम आयोगले चुनावका लागि आवश्यक पर्ने मतपत्र, मतपेटीका, सीसी क्यामेरा लगायत निर्वाचन सामग्री खरिदका लागि प्रयोग गरिरहेको छ । योपटक आयोगले अधिकांश मतदान स्थलमा सीसी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।


आयोगले मतपत्र तथा निर्वाचन सामग्री खरिद गरी निर्वाचन केन्द्रमा पठाउन समेत सुरु गरिसकेको छ । यस्तै अर्थले पाँच अर्ब ६३ करोड गृहमन्त्रालय अन्तर्गतको नेपाल प्रहरी, सशस्त्र प्रहरीको लागि विनियोजन गरिएको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यो रकम प्रहरीको भत्ता म्यादी प्रहरीको सेवा सुविधामा प्रयोग खर्च गरिने उनले बताए ।


देशभर एक लाख म्यादी प्रहरी नियुक्त गरिएको छ । यसको दायित्व मात्रै सरकारलाई चार अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको छ । म्यादी प्रहरी निर्वाचन अघि (पछि गरेर ४० दिनसम्म खटिनेछन्। यिनले सेवा सुविधाका लागि प्रतिव्यक्ति ३० हजार २ सय ४० रुपैयाँका दरले पारिश्रमिक पाउनेछन्। यस्तै, रासन भत्ता ७२ सय र पोसाक भत्ता ६ हजार रुपैयाँ पनि प्राप्त गर्नेछन्। । यस्तै, सेवा अवधिभरमा कुनै म्यादी प्रहरीको निधन भएमा २० लाख रुपैयाँ राहतस्वरुप परिवारलाई प्रदान गर्ने सरकारले जनाएको छ ।


यसैगरी, सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता वापतको रकम पनि अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता ९टिएडिए० मा मिलान गर्न पाउने व्यावस्था गरिएको छ । सुरक्षाकर्मीको हौसला बढाउन सरकारले यो निर्णय गरेको हो । नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि पनि दुई अर्ब २९ करोडभन्दा बढी रकम छुट्याइएको छ ।


अर्थ मन्त्रालयको विविध शिर्षकमा चालु वर्षमा १५ अर्ब रुपैयाँ रहेको छ । निर्वाचन प्रयोजनका लागि यसमा नपुग रकम रकमान्तर गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x