Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान भैरहवामा

मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान भैरहवामा

काठमाडौं, २८ वैशाख । भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । बुद्धजयन्तीको दिन हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुधबार भारतीय सेनाको विमान अवतरण गरेको हो । सुरक्षाकर्मी एसपीजी ९स्पेसल प्रोटेक्सन गार्ड० सवार विमान भैरहवा आएको हो ।


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको हो । नयाँ दिल्लीबाट सोझै उक्त विमान भैरहवा आएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ ।


भारतीय प्रधानमन्त्री मोदी यही जेठ २ गते लुम्बिनी आउने कार्यक्रम रहेको छ । उनको भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका हुन । उनीहरूलाई छोडेर विमान आजै फिर्ता जाने प्रवक्ता साहले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x