Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई दिने प्रधानमन्त्री देउवाको घोषणा

पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई दिने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं, २८ वैशाख । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना ‘पश्चिम सेती परियोजना’ निर्माणमा अझै अन्योल कायमै भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय कम्पनीलाई जिम्मा दिने घोषणा गरेका छन् । सरकारी अधिकारीहरूले पश्चिम सेती आयोजनाका विषयमा अहिलेसम्म आधिकारिक धारणा दिएका थिएनन् ।

चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएको दुई वर्षपछि भारतलाई दिने गरी तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले नै बताएका छन् । देउवाले डडेल्धुराको सदरमुकाममा आयोजित कार्यक्रममा ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतसँग कुरा भएको बताएका हुन् । ‘नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतीय कम्पनी नै ल्याउनुपर्ने हुन्छ,’ प्रधानमन्त्री देउवाले भने । भारतका सतलज र आईबीएचएम दुई वटामध्ये एक कम्पनीलाई दिने समेत बताए । सतलज नेपालमा अरुण तेस्रो आयोजना निर्माण गरिरहेको कम्पनी हो ।

प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणका लागि छिट्टै भारतसँग सम्झौता हुने पनि बताए । देउवाले भारतीय कम्पनीलाई नै पश्चिम सेती निर्माणको जिम्मा दिनुको कारण भने भारतलाई बिजुली बेच्नुपर्ने भएकोले पनि भारतीयलाई दिनुपर्ने बताए ।

२४ वर्षअघि अष्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो । तर, १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो । त्यसपछि सन् २०१२ मा यो आयोजना थ्री गर्जेजलाई दिइएको थियो । अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्नसक्छ । यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ ।

बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको सुदूरपश्चिमकै ठूलो जयाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा वर्षौदेखि अन्योल कायमै छ । सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त पश्चिम सेती जलविद्युत् आयोजनामा यअसघि चिनियाँ थ्रिग्रगेज बहिरिएपछि मोडालिटी र निर्माणको जिम्मा कस्लाई दिने भन्ने टुंगो लागेको छैन ।

लगानी बोर्डले पश्चिमका दुई ठूला जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भने गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा नयाँ मोडालिटीमा दुई आयोजना एकै साथ अगाडि बढाउनका लागि अध्ययन थालिएको छ ।

पश्चिम सेतीबाट दुई वर्ष अगाडि नै चिनियाँ कम्पनी ‘थ्रि गर्जेज’ बाहिरिएपछि कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। ‘यता पश्चिम सेती र एसआर–६ लाई पनि एकै साथ अगाडि बढाउन पनि अध्ययन सुरु गरिएको छ । पश्चिम सेती ७५० मेगावाट क्षमताको आयोजना हो । त्यस्तै बुढी गंगा र पश्चिमसेतीको तल्लो भाग एसआर–६ भने ३०८ मेगावाट क्षमताको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x