Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

लुम्बिनी बैंकले एलबिबिएल डिबेञ्चर २०७९ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्री प्रबन्धकमा नियुक्त

लुम्बिनी बैंकले एलबिबिएल डिबेञ्चर २०७९ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं, २८ वैशाख । लुम्बिनी विकास बैंक लिमिटेडले रु.१ हजार अंकित दरको १० लाख कित्ताले हुन आउने रु. १ अर्ब रकम बराबरको ११ प्रतिशत एलबिबिएल डिबेञ्चर २०७९ ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११ प्रतिशत रहेको बताइएको छ ।

सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले २८ बुधबार हस्ताक्षर गरेका हुन । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *