तीन जीवन बीमा कम्पनीको मर्जरमा सैद्धान्तिक सहमति पछि सेयर कारोबार रोक्का
काठमाडौं, ३ जेठ । तीनवटा जीवन बीमा कम्पनीहरुको सेयर कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० लिमिटेडले आज एक विज्ञप्ति जारी गर्दै प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिडेटको दोस्रो बजार कारोबार रोक्का गरिएको जानकारी गराएको छ ।
यी तीनै कम्पनी एक आपसमा गाभ्ने भएपछि मर्जर प्रयोजनका लागि दोस्रो बजारमा कारोबार रोकिएको हो । बीमा समितिले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्न निर्देशन दिएपछि तीन जीवन बीमा कम्पनीहरुबीच मर्जर हुने सम्झौता भएको थियो ।
यस्तै बीमा समितिले यि तिन इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको छ । समितिले आज मंगलबार गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम मर्जरमा जान सहमति प्रदान गरेको हो ।