Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सबै पालिकाको परिणाम जेठ ५ भित्र आउँछ : प्रमुख आयुक्त थपलिया

सबै पालिकाको परिणाम जेठ ५ भित्र आउँछ : प्रमुख आयुक्त थपलिया


काठमाडौं, ३ जेठ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन ।


विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताए ।

मतगणनास्थलमा अत्यधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तीय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने उनले प्रष्ट पारे ।
थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।


उनले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरुपमा काम गरिरहेको बताए । मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्बन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत उनले उल्लेख गरे ।

‘मतगणनास्थलमा सुरक्षा संयन्त्र सुदृढ छ, यसमा सुरक्षा निकायबाट सुनिश्चितता प्रदान गरिएकोले कुनै किसिमबाट अल्मलिनु हुँदैन,’ उनले भने । वैशाख ३० गते निर्वाचनका क्रममा केही स्थनामा भएको घटनामा सङ्लग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिई निर्वाचन अपराध तथा कसुर सजाय ऐनअन्तर्गत कार्वाहीको प्रक्रिया प्रारम्भ गर्न सरकारलाई आग्रह गरेको थपलियाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x