Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकिङ्ग कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत बैंकको पाँचवटा काउण्टर सञ्चालन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैंकिङ्ग कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत बैंकको पाँचवटा काउण्टर सञ्चालन

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार उद्घाटन गरे सँगै सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पन त्रगयतसर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने भएको छ ।


बैंकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन कार्यक्रम संगै बैंकिङ कारोबार गर्नको लागि विमानस्थलमा सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पुर्ण बैंकिङ्ग सेवा सुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँचवटा नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले विमानस्थलभित्र डिपार्चर काउण्टर, बोर्डिङ वेटिङ काउण्टर, एराइभल काउण्टर, कस्टम र कार्गो काउण्टर सञ्चालनमा ल्याइएको छ । शाउण्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटिएम, पिओएस सेवा तथा अन्य बैंकिङ्ग करोबार गर्न सकिनेछ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागकी विभागीय प्रमुख दुर्गा कुमारी कँडेल, सूचना प्रविधि विभागका बरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, शाखा कार्यालय भैरहवाका शाखा प्रबन्धक हरिराम पराजुली लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x