Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चुनावबाट फर्किएका लगानीकर्ताले शेयर बिक्रीमा राख्दा उच्च गिरावट

चुनावबाट फर्किएका लगानीकर्ताले शेयर बिक्रीमा राख्दा उच्च गिरावट

काठमाडौं, ३ जेठ । चुनाव अगाडिको सातामा १ सय १२ अंकले बढेको शेयर बजार चुनावपछिको पहिलो कारोबारमै भारी गिरावट छ ।

चुनावी माहोलले समेत उल्लेख्य वृद्धि नभएको नेप्से परिसूचक चुनावअघि केही दिन बढेपनि आज मंगलबार भने भारी गिरावट देखिएको हो ।

चुनाव अगाडि शेयर बिक्री गर्न छाडेर लगानीकर्ता चुनावमा लगेका थिए । तर चुनाव सकेर फर्किए लगत्तै बिक्रीको चाप पर्दा बजारमा भारी गिरावट आएको शेयरविज्ञ नवराज अधिकारीले जानकारी दिए ।

उनले अब शेयर बजारले सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतिक्षा गर्न सक्ने अनुमान गरिएको उल्लेख गर्दै जसमा केही दिन घट्ने र बढ्नेबीच उतारचढाव आउने क्रम चलिरहने बताए ।

मंगलबार नेप्से ८४.९ अंकले घटेर २ हजार २ सय ६५.५२ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३.६१ प्रतिशत कम रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।


कूल २२१ कम्पनीको ३३ हजार ६ सय १९ कारोबारबाट १ अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रुपैयाँ बराबरका ३५ लाख ९५ हजार ५ सय ६८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x