नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेशनबीच सहकार्य
काठमाडौं, ६ जेठ । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कं। लि। र एक एक पाईला फाउण्डेशन संस्थामा सम्झौता भएको छ । कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा। सुमन थापाले सम्झौतामा बिहीवार एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष रु. २० लाख आर्थिक सहयोग गर्नेछ ।
समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पाएकोमा खुशी ब्यक्त गरे ।