Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

खाने तेल प्रतिलिटर ५० रूपैयाँले बढ्यो

खाने तेल प्रतिलिटर ५० रूपैयाँले बढ्यो

काठमाडौं, ९ जेठ । एक सातामा खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको छ ।
अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ । त्यसकारण पनि व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन ।
स्थानीय तहको चुनावताका प्रतिलिटर तीन सय १० रूपैयाँमा बिक्री भएको सूर्यमूखी तेल चुनाव सकिएको एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढेर तीन सय ६० रूपैयाँ पुगेको छ ।
त्यस्तै, त्यो समय भटमासको तेल प्रतिलिटर तीन सय चार रुपैयाँमा बिक्री भएको तेल १६ रूपैयाँ बढेर तीन सय २० रूपैयाँमा बिक्री भएको नेपाल खुद्रा व्यापार संघले दिएको तथ्यांकले देखाउँछ ।
पछिल्लो एक सातामै उद्योगबाट प्रतिलिटर ५० रूपैयाँ मूल्य बढेर आएको संघका महासचिव अमुलकाजी तुलाधारले बताए ।
‘हामीले मूल्य बढाएका होइनौं, उद्योगबाटै बढेर आएको छ,’ उनले भने । उद्योगबाट मूल्य बढेर आएपछि आफूहरू पनि मूल्य बढाउन बाध्य भएको उनले बताए ।
पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो आएसँगै वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले बताएका छन । ‘हामीले अनुगमन गरिरहेका छौं। अस्वाभाविक मूल्य वृद्धि गरिएको पाइए कारबाही गर्छौं,’ उनले भने।
रूस(युक्रेन द्वन्द्वका कारण तेलको मूल्य केही बढेको उनको भनाइ छ ।
खुद्रा व्यापार संघको तथ्यांकअनुसार भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने यथावत नै छ । बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय दस रूपैयाँ र काचो तोरीको तेल प्रतिलिटर ३ सय ७५ रूपैयाँमा बिक्री भइरहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x