आगामी २ वर्ष भित्र सबै स्थानिय तहमा विद्युतीकरण
काठमाडौं, १० जेठ । सरकारले आगामी २ वर्ष भित्र सबै स्थानिय तहमा विधुतिकरण हुने बताएको छ । २ वर्ष भित्र सबै स्थानिय तहमा विद्युतीकरण गर्न विद्युत उत्पादन प्रसारण तथा वितरणका लागि लगानी वृद्वि गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै स्थानिय तहमा विद्युत पु¥यायने घोषणा गर्नु भएको हो ।
सरकारी तथा निजी क्षेत्रबाट पर्वतित जलविद्युत आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्षमा थप ७ सय १५ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने समेत बताउनु भएको छ ।
यस्तै सरकारले बुढी गण्डकी जलविद्युत आयोजना नेपालको आफ्नै लगानी बाट निमार्ण गर्ने भएको राष्ट्रपति भण्डारीले बताउनु भयो ।