Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

३ अर्ब बढीको नागरिक बचतपत्र खुल्यो, ११ प्रतिशत ब्याज पाइने

३ अर्ब बढीको नागरिक बचतपत्र खुल्यो, ११ प्रतिशत ब्याज पाइने

काठमाडौँ, १२ जेठ । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रमा बिहीबारदेखि आवेदन खुला गरेको छ । कुल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा नेपाली नागरिकले लगानी गर्न सक्छन् । ५ वर्षे अवधिको यो नागरिक बचतपत्रमा लगानी गरेवापत वार्षिक ११ प्रतिशत ब्याज पाइन्छ ।


बचतपत्रमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० हजार रुपैयाँ र सो रकमले निस्शेष भाग जाने रकममा आवेदन दिन सकिन्छ । ६/६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ । आगामी असार ८ गते यसको निस्कासन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।


यस्तो नागरिक बचतपत्रमा लगानी गर्नेलाई बीचमै पैसा आवश्यक परेमा बैंक तथा वित्तीय संस्थामा यहीं पत्र धितो राखेर ऋण लिन सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमार्फत मोनीटरी म्यानेजमेन्टमा गई अनलाइन प्रणालीबाट बचतपत्रमा आवेदन दिन सकिन्छ । आवेदन दिँदा नागरिकताको प्रतिलिपी समावेश गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x