Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आइपीओ निष्काशन गर्दै हिमालयन रिइन्स्योरेन्स, जेठ २७ गते विशेष साधारण सभा

आइपीओ निष्काशन गर्दै हिमालयन रिइन्स्योरेन्स, जेठ २७  गते  विशेष साधारण सभा

काठमाडौं, १२ जेठ । हिमालयन रिइन्स्योरेन्सको विशेष साधारण सभा जेठ २७ गते हुने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे विशेष सभा गर्ने निर्णय गरेको हो ।


सभामा सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव राखिएको छ । त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने रहेको छ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने बताइएको छ ।


कम्पनी ऐनअनुसार चुक्तापुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ । हिमालयन रिइन्स्योरेन्सले गत साउन १० गते कारोबार सञ्चालनको अनुमति पाएको हो । विवादैविवादका माझ रिइन्स्योरेन्स कारोबार गर्न अनुमति पाएको थियो । बीमा समितिले पछिल्लोपल्ट हिमालय रिलाई बिजनेस ग्यारेन्टी गरिदिएपछि कम्पनी झनै विवादमा तानिएको छ र कम्पनीका लगानीकर्तामा निजी क्षेत्रको छाता संगठनका नेताहरूको बाहुल्यता छ । हिमालयनले गत ठीक १ वर्ष अघि जेठ १६ गते पुनर्बीमा व्यवसाय चलाउने आशयपत्र पाएको थियो । त्यसयता बीमा समितिले हिमालयन रिका लगानीकर्ताले ७ अर्ब पुँजीको जोहो गरिसकेका छन् ।


१० अर्ब पुँजीको हिमालयन रिले संस्थापकले ७ अर्ब लगानी गरेका छन् । अर्थात् १० अर्ब चुक्तापुँजी भएको ‘रि’ले ३ अर्ब रूपैयाँ आईपीओमार्फत् लगानी जुटाउनेछ । सो रकम प्रिमियम मूल्यमा आईपीओ जारी गरेर उठाउने बताइएको छ ।
चार प्रतिष्पर्धी कम्पनीहरुलाई पछि पार्दै लाइसेन्स हात पारेको हिमालयनको अध्यक्ष गोल्छा ग्रुप तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा हुन् ।
१०६ जना संस्थापक लगानीकर्ता रहेको हिमालयन रिमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०र५० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीमा त्यसबाहेक अध्यक्ष शेखर गोल्छा, महासंघकै निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, जगदम्बा ग्रुप, एमभी दुगड ग्रुप, दिपक भट्ट लगायतको लगानी छ ।
बीमा समितिले गत वैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गरेर एउटा रि इन्स्योरेन्स कम्पनीका लागि आवेदन खुलाएको थियो । जसमा काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि र हिमालयन रिले आवेदन दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x