नेप्से ८.३ अंकले बढ्दा ८८ करोड बढीको कारोबार
काठमाडौं, १२ जेठ । यस साताको चौथों कारोबार दिन बिहीबार शेयरबजार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ८.३ अंकले बढेर २२३९.६० अंकमा पुगेको छ ।
बिहीबार २२२ कम्पनीको २३ लाख २४ हजार रुपैयाँको शेयर किनबेच हुँदा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक १.३९ अंकले बढेर ४३६.३९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन ८ समुहका कम्पनीको कारोबार बढेको छ । भने ५ समुहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै जिवन बीमा कम्पनी समुहको ८९.८८ अंकले कारोबार बढेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले बढी हो ।