Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रभु लाइफको सीइओमा सन्तोष प्रसाईं

प्रभु लाइफको सीइओमा सन्तोष प्रसाईं

काठमाडौं, १२ जेठ । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत ९सीइओ०मा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।


कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समिति पठाएको थियो ।


बीमा समितिको स्वीकृति पश्चात कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले प्रसाईंलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो ।


चार वर्षे कार्यकालका लागि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले फागुनमा राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीइओविहीन थियो ।

नेपाल लाइफको सीइओ पदबाट राजीनामा दिएका प्रसाईंलाई प्रभु लाइफले फागुन महिनामा नै सल्लाहाकारका रूपमा नियुक्त गरेको थियो ।
प्रसाईंले २०७७ माघ २७ गतेदेखि नेपाल लाइफको सीइओको जिम्मेवारी पाएका थिए । ४ वर्षको कार्यकालका लागि नियुक्त भएका प्रसाईं ७ महिनामै नेपाल लाइफबाट बाहिरिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x