Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विश्व बैंकको चेतावनी : ‘विश्वव्यापी आर्थिक मन्दी रोक्न सकिँदैन’

विश्व बैंकको चेतावनी : ‘विश्वव्यापी आर्थिक मन्दी रोक्न सकिँदैन’

काठमाडौं, १४ जेठ । रुसले युक्रेनमा अतिक्रमण गरेसँगै पछिल्लो समय विश्वभर महँगी बढेको छ । खाद्यान्नदेखि इन्धन र मलखादसम्म अधिकांश सामानको भाउ आकाशिएको छ ।

यसका कारण विश्वभर आर्थिक मन्दी निम्त्याउने र यसलाई रोक्न नसकिने बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकका अध्यक्षले चेतावनी दिएका हुन् ।

विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधवार अमेरिकामा आयोजित एक व्यापारिक समारोहमा बोल्ने क्रममा यस्तो बताएका हुन् । विश्वव्यापी आर्थिकमन्दी हुन नदिने अवस्था कसरी ल्याउन भन्ने आकलन गर्न गाह्रो भएको उनको भनाइ छ । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण नियन्त्रण गर्न कयौं शहरमा कठोर खालको लकडाउन गरिएको आर्थिक वृद्धिको गति सुस्त हुने चिन्तामा बलियो बन्दै गइरहेको छ ।

मलपासको अभिव्यक्तिलाई विश्व अर्थतन्त्र खुम्चिने जोखिमसम्बन्धी पछिल्लो चेतावनीका रुपमा हेरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x