आर्थिक सर्वेक्षण आज प्रतिनिधि सभामा पेश हुँदै, बजेट भोली
काठमाडौं, १४ जेठ । आर्थिक वर्ष २०७८/ ७९ को आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा आज पेश हुने भएको छ ।
बैठकमा हिजोका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को अवरोधका कारण पेश हुन नपाएको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ । भोलि हुने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक बर्षको बजेट पेश गर्ने छन्।